कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने | Khabarhub Khabarhub

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका माध्यमबाट सद्भावना दूत (ब्राण्ड एम्बेसडर) छनोट गर्ने जनाएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतिस्पर्धामार्फत तीन जना दूत छनोट गर्न लागेको जानकारी दिएको हो ।
 
गत जेठदेखि सुरु भएको सो कार्यक्रम आगामी माघसम्म चल्नेछ । विभिन्न तीन चरणमा आयोजना हुने सो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच लाख पुरस्कार र एक वर्षका लागि रु एक करोड बराबरको सद्भावना दूत सम्झौता गरिने आयोजकले जनाएको छ ।
 
दोस्रो हुनेलाई रु चार लाख पुरस्कार र एक वर्षका लागि रु ५० लाखको सम्झौता तथा तेस्रो हुनेलाई रु तीन लाख पुरस्कार र रु वार्षिक ३० लाखको सम्झौता हुने कम्पनीका कार्यकारी निर्देशक बिमलराज गोसाइँले जानकारी दिए । नेपालको दूरदराजमा रहेका प्रतिभा प्रस्फुटन गराई उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।
 
प्रतियोगितामा सहभागी हुनेले एसवाई कम्पनीको नेपाल साझेदार सहायक कम्पनीको प्रवर्द्धनात्मक भिडियो बनाएर पेस गर्नुपर्ने र उत्कृष्ट भएकालाई सद्भावना दूत नियुक्त गरिने कार्यक्रम संयोजक विजय बस्नेतले जानकारी दिए । 

उक्त कम्पनी अन्तर्गत नेपालमा रहेका विभिन्न सहायक कम्पनीमा दुई सयभन्दा बढीले प्रत्यक्ष र २० हजारभन्दा बढीले अप्रत्यक्ष रोजगार पाएका कम्पनीको दाबी छ । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ४९ बजे

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै

प्रधानन्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको