कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने « Khabarhub

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका माध्यमबाट सद्भावना दूत (ब्राण्ड एम्बेसडर) छनोट गर्ने जनाएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतिस्पर्धामार्फत तीन जना दूत छनोट गर्न लागेको जानकारी दिएको हो ।
 
गत जेठदेखि सुरु भएको सो कार्यक्रम आगामी माघसम्म चल्नेछ । विभिन्न तीन चरणमा आयोजना हुने सो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच लाख पुरस्कार र एक वर्षका लागि रु एक करोड बराबरको सद्भावना दूत सम्झौता गरिने आयोजकले जनाएको छ ।
 
दोस्रो हुनेलाई रु चार लाख पुरस्कार र एक वर्षका लागि रु ५० लाखको सम्झौता तथा तेस्रो हुनेलाई रु तीन लाख पुरस्कार र रु वार्षिक ३० लाखको सम्झौता हुने कम्पनीका कार्यकारी निर्देशक बिमलराज गोसाइँले जानकारी दिए । नेपालको दूरदराजमा रहेका प्रतिभा प्रस्फुटन गराई उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।
 
प्रतियोगितामा सहभागी हुनेले एसवाई कम्पनीको नेपाल साझेदार सहायक कम्पनीको प्रवर्द्धनात्मक भिडियो बनाएर पेस गर्नुपर्ने र उत्कृष्ट भएकालाई सद्भावना दूत नियुक्त गरिने कार्यक्रम संयोजक विजय बस्नेतले जानकारी दिए । 

उक्त कम्पनी अन्तर्गत नेपालमा रहेका विभिन्न सहायक कम्पनीमा दुई सयभन्दा बढीले प्रत्यक्ष र २० हजारभन्दा बढीले अप्रत्यक्ष रोजगार पाएका कम्पनीको दाबी छ । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ४९ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले