कृषकलाई अनुदानमा मौरी घार वितरण | Khabarhub Khabarhub

कृषकलाई अनुदानमा मौरी घार वितरण


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा किसानलाई घार वितरण गरेको हो ।

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो । किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जनालाई ९५ आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए। 

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर–४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताए। नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो ।

नगर उपप्रमुख बालकुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रवर्द्धन गर्न मौरीको घार वितरण गरिएको बताइन् । मौरीपालन सजिलो र थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने हुँदा व्यवसायिक विकास र किसानको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताइन् ।

अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी व्याज अनुदानको समेत व्यवस्था गरेको नगर उपप्रमुख थापाले जानकारी दिइन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : २५ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस

काठमाडौं – राष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन

मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्‍यो

काठमाडौं – नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा

बामदेव गौतमको अभियान एकीकृत समाजवादीमा समाहित हुँदै

काठमाडौं– बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत