बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल « Khabarhub

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए।

‘बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ । बजेटका कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ,’ महासचिव पोखरेलले भने। उनले बजेटको  प्रभावकारी कार्यान्वयन भए थुप्रै संरचनात्मक समस्या समाधान गर्न सकिने धारणा राखे । 

महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दर प्रति चिन्ता व्यक्त गरे। उनले नेपाली युवा केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका बताए।   

एमालेको नेतृत्वमा रहेको सरकारले ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको महासचिव पोखरेलले बताए। एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरेको उनको भनाइ थियो ।  

पार्टीभित्र नेतृत्वको बहस गर्ने बेला नभएको उनले बताए। अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको महासचिव पोखरेलले बताए। उनले अहिले पार्टी बलियो बनाउन एकतामार्फत अघि बढ्ने बेला भएको बताए।

बैठकमा एमाले केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेलले काठमाडौँमा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्ने बताए। काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाको सङ्गठनात्मक विस्तार कार्यलाई तीव्रताका साथ लगिएको जानकारी दिए। 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : १४ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले