ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का « Khabarhub

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता भएको बताएका छन् ।

चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आज आयोजित शङ्घाई सहयोग सङ्गठन (एससिओ) को सदस्य राष्ट्रको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकको ‘उच्च–गुणस्तरीय ऊर्जा विकासका लागि नीति नवप्रवर्तन’सम्बन्धी सत्रमा आफ्नो धारणा राख्दै मन्त्री खड्काले ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकता भन्दै क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो रहेको औँल्याए । 

ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय भएको उल्लेख गरेको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

मन्त्री खड्काले नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको, करिब ९९५ जनतालाई विद्युतको पहुँचमा पुर्‍याएको र हाल ९५५ भन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट गरिरहेको उल्लेख गरे ।

भारतसँग १३२ केभी तथा सोभन्दा कम भोल्टेज स्तरका कयौँ प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको मन्त्री खड्काले बताए। यस्तै, बङ्गलादेशसँग भारतमार्फत विद्युत् निर्यातको ऐतिहासिक सम्झौता सम्पन्न भएको र चीनसँग रसुवागढी-चिलिमे–जिलोंग-केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको उनले बताए।

ऊर्जा भविष्य सुरक्षित, समावेशी र हरित बनाउन दीर्घकालीन विद्युत् व्यापारलाई प्रोत्साहन गर्ने क्षेत्रीय नीतिगत समन्वय, प्रसारण पूर्वाधारमा क्षेत्रीय लगानी तथा साझेदारी र पारदर्शी मूल्य निर्धारण तथा हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकास आवश्यक रहेको मन्त्री खड्काले बताए।

नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र सोमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको उनले बताए । 

यस्तै, सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ खाना पकाउने ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे।  

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : २९ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र