थानकोटस्थित त्रिभुवन पार्कलाई आकर्षक बनाइँदै  « Khabarhub

थानकोटस्थित त्रिभुवन पार्कलाई आकर्षक बनाइँदै 


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप आकर्षित बनाउन उच्च प्राथमिकता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ ।

ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिए ।

हाल वनभोजस्थल, बालउद्यान, बगैँचा, ऐतिहासिक सत्तल, पाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णोद्धार, पुनर्निर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन् ।

बालबालिकालाई रमाउन र खेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन् । विशेषगरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरुको भीड लाग्ने गर्दछ ।

नगरप्रमुख गिरीले भने, ‘ऐतिहासिक त्रिभुवन पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्भार तथा नयाँ निर्माणहरुलाई द्रुत रुपमा नगरपालिकाले अगाडि बढाइरहेको छ । यसका लागि पहिलो चरणमा समपूरक अनुदान तीन करोडभन्दा बढीको लागतमा काम भइरहेको छ । बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुनः थप तीन करोड रकमको सुनिश्चितता भएको छ । यसबाट पार्कको संरक्षण र संवर्द्धन हुनेछ ।’

नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णोद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उनले जानकारी दिए ।

त्रिभुवन पार्कको संरक्षणमा सङ्घीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।

यसैबीच नगरप्रमुख गिरीले पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्भार तथा नयाँ निर्माणको हालै अनुगमन गर्दै निर्धारित समयभित्र काम सक्न कामको जिम्मेवारी लिएका पक्षलाई निर्देश गरे ।

तत्कालीन राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झनामा २०२४ सालमा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो ।

केशरशमशेर जबराका अध्यक्षतामा गठित उक्त समितिमा नौ सदस्य रहेका थिए । २०२४ सालमा दर्ता भई २०२८ सालमा निर्माण गरिएको त्रिभुवन पार्क सुरुआतका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।

पार्कको चहलपहल बढ्न थालेपछि समितिले नै २०४२ सालमा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथको मन्दिरसमेत रहेको छ ।

२०७२ साल वैशाखको विनाशकारी भूकम्पले त्रिभुवनको सालिक पोखरी नजिकै छेउमा ढलाएको थियो । धेरै समयपछि सालिक मर्मत गरेर ठड्याउने काम भएको थियो ।

२०३०–३१ सालबाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको शुभारम्भ तत्कालीन राजा वीरेन्द्रले गरेका थिए । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ३८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ