थानकोटस्थित त्रिभुवन पार्कलाई आकर्षक बनाइँदै  | Khabarhub Khabarhub

थानकोटस्थित त्रिभुवन पार्कलाई आकर्षक बनाइँदै 


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप आकर्षित बनाउन उच्च प्राथमिकता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ ।

ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिए ।

हाल वनभोजस्थल, बालउद्यान, बगैँचा, ऐतिहासिक सत्तल, पाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णोद्धार, पुनर्निर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन् ।

बालबालिकालाई रमाउन र खेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन् । विशेषगरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरुको भीड लाग्ने गर्दछ ।

नगरप्रमुख गिरीले भने, ‘ऐतिहासिक त्रिभुवन पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्भार तथा नयाँ निर्माणहरुलाई द्रुत रुपमा नगरपालिकाले अगाडि बढाइरहेको छ । यसका लागि पहिलो चरणमा समपूरक अनुदान तीन करोडभन्दा बढीको लागतमा काम भइरहेको छ । बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुनः थप तीन करोड रकमको सुनिश्चितता भएको छ । यसबाट पार्कको संरक्षण र संवर्द्धन हुनेछ ।’

नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णोद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उनले जानकारी दिए ।

त्रिभुवन पार्कको संरक्षणमा सङ्घीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।

यसैबीच नगरप्रमुख गिरीले पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णोद्धार, मर्मतसम्भार तथा नयाँ निर्माणको हालै अनुगमन गर्दै निर्धारित समयभित्र काम सक्न कामको जिम्मेवारी लिएका पक्षलाई निर्देश गरे ।

तत्कालीन राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झनामा २०२४ सालमा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो ।

केशरशमशेर जबराका अध्यक्षतामा गठित उक्त समितिमा नौ सदस्य रहेका थिए । २०२४ सालमा दर्ता भई २०२८ सालमा निर्माण गरिएको त्रिभुवन पार्क सुरुआतका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।

पार्कको चहलपहल बढ्न थालेपछि समितिले नै २०४२ सालमा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथको मन्दिरसमेत रहेको छ ।

२०७२ साल वैशाखको विनाशकारी भूकम्पले त्रिभुवनको सालिक पोखरी नजिकै छेउमा ढलाएको थियो । धेरै समयपछि सालिक मर्मत गरेर ठड्याउने काम भएको थियो ।

२०३०–३१ सालबाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको शुभारम्भ तत्कालीन राजा वीरेन्द्रले गरेका थिए । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ३८ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको