गलेश्वरमा ७३ लाख रुपैयाँ भेटी सङ्कलन | Khabarhub Khabarhub

गलेश्वरमा ७३ लाख रुपैयाँ भेटी सङ्कलन


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो । ०८१–०८२ मा नियमित ४७ लाख १० हजार २९० र मेलापर्वमा २६ लाख पाँच हजार ६३७ भेटी सङ्कलन भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।

भेटीसहित विभिन्न शीर्षकमा बैङ्क ब्याजबाहेक गत वर्षमा ९४ लाख १५ हजार १७  रुपैयाँ आम्दानी भएको उनको भनाइ छ ।

यज्ञ दर्ताबाट चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा सात लाख १९ हजार ७१४, सहयोग तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत पाँच लाख ४६ हजार ७७० रुपैयाँ आम्दानी भएको छ ।

गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधिमा १० हजार जना तीर्थयात्रीहरूले सहुलियतमा आवास सुविधा पाएका छन् ।

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ ।

मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा ६ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन एक लाख रुपैयाँ सहयोग गरिएको कोषका अध्यक्ष रेग्मीले बताए ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दू धर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्दछ ।

दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुने धार्मिक विश्वास छ । (रासस) 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : १३ बजे

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व