गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन् « Khabarhub

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक पनि खान नपाउने कुरा संयुक्त राष्ट्र सङ्घीय खाद्य योजनाले बताएको छ। विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार ९० हजार महिला तथा बालिका अहिले कुपोषणबाट धेरै पीडित भएका कारण तत्काल उपचार आवस्यक छ।

यो साता कुपोषणबाट एकै दिन नौ जना मरेका थिए। यसपछि नै संसारका धेरै निकायले यस विषयमा चासो देखाएका हुन्। ७ अक्टोबर २०२३ यता इजरायलले आक्रमण सुरु गरेपछि गाजामा कुपोषणका कारण ज्यान जानेको सङ्ख्या १२२ पुगेको छ। इजरायलले भने राहत वितरणमा आफूले अवरोध सिर्जना नगरेको भन्दै कुपोषणको दोष हमासलाई लगाएको छ।

संयुक्त अरब इमिरेट्स र जोर्डनले पछिल्लो समय राहत वितरणका लागि प्रयास गरेका छन्। जोर्डनले इजरायलले अनुमति नदिएका कारण राहत वितरण कार्यक्रम सुरु गर्न नसकिएको जनाएको छ।

शुक्रबार जर्मनी, फ्रान्स बेलायतले गाजामा राहत वितरणमा रहेको अवरोध हटाउन आवश्यक रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए।

त्यहाँ रहेका राष्ट्र सङ्घ निकट व्यक्ति अहिले गाजामा बारम्बार युद्ध अपराध भएको कुरा नकार्न नमिल्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : ५४ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार