गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन् « Khabarhub

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक पनि खान नपाउने कुरा संयुक्त राष्ट्र सङ्घीय खाद्य योजनाले बताएको छ। विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार ९० हजार महिला तथा बालिका अहिले कुपोषणबाट धेरै पीडित भएका कारण तत्काल उपचार आवस्यक छ।

यो साता कुपोषणबाट एकै दिन नौ जना मरेका थिए। यसपछि नै संसारका धेरै निकायले यस विषयमा चासो देखाएका हुन्। ७ अक्टोबर २०२३ यता इजरायलले आक्रमण सुरु गरेपछि गाजामा कुपोषणका कारण ज्यान जानेको सङ्ख्या १२२ पुगेको छ। इजरायलले भने राहत वितरणमा आफूले अवरोध सिर्जना नगरेको भन्दै कुपोषणको दोष हमासलाई लगाएको छ।

संयुक्त अरब इमिरेट्स र जोर्डनले पछिल्लो समय राहत वितरणका लागि प्रयास गरेका छन्। जोर्डनले इजरायलले अनुमति नदिएका कारण राहत वितरण कार्यक्रम सुरु गर्न नसकिएको जनाएको छ।

शुक्रबार जर्मनी, फ्रान्स बेलायतले गाजामा राहत वितरणमा रहेको अवरोध हटाउन आवश्यक रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए।

त्यहाँ रहेका राष्ट्र सङ्घ निकट व्यक्ति अहिले गाजामा बारम्बार युद्ध अपराध भएको कुरा नकार्न नमिल्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : ५४ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली