बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक « Khabarhub

बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडको चर्चित कन्ट्रोभर्सी रियालिटी शो बिग बोस को १९औँ सिजनको औपचारिक घोषणा भएको छ। केही दिनयता सो सिजनका विभिन्न कुरा सार्वजनिक भइरहेका छन् । एआई थिम रहने, शोको अवधि लम्ब्याइने लगायतका अड्कलबाजी-सामाजिक सञ्जालमा चर्चाको विषय बनेका थिए। अन्ततः दर्शकहरूका लागि प्रतिक्षा समाप्त भएको छ, किनभने निर्माताहरूले बिग बोस १९ को घोषणा गर्दै पहिलो टीजर सार्वजनिक गरेका छन्।

जिओहटस्टार मार्फत सार्वजनिक गरिएको यो टीजरमा सलमान खान होस्ट गर्ने यो सिजनका लागि नयाँ लोगो प्रस्तुत गरिएको छ। टीजरको क्याप्सनमा लेखिएको छ, “काउन्टडाउन सुरु भइसकेको छ, अब चाँडै नै हङ्गामा हुनेछ , प्रतिक्षामा रहनुहोला ।”

यो सिजनको सबैभन्दा विशेष पक्ष भनेको बिग बोसको लोगोमा गरिएको परिवर्तन हो। वर्षौंपछि पहिलोपटक शोको लोगो पूर्ण रूपमा परिवर्तन गरिएको छ, जसमा सेतो, नीलो, पहेँलो, गुलाबी, बैंगनी लगायत थुप्रै रंगको मिश्रण गरिएको छ।

यसले सिजनको थिमसँग कुनै विशेष सन्देश बोकेको हुनसक्ने अनुमान गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

अर्कोतर्फ, अघिल्लो सिजन बिग बोस १८ मा करण वीर मेहरा विजेता बनेका थिए भने विवियन डिसेना पहिलो रनरअप रहेका थिए।

यो सिजनले के नयाँ ट्विस्ट ल्याउनेछ ? नयाँ लोगोले शोको कथावस्तु र प्रस्तुतिमा कस्तो परिवर्तन ल्याउनेछ ? यी सबै प्रश्नको उत्तर भने शो प्रसारण भएपछि मात्र पत्ता लाग्नेछ।

दर्शक भने हालै सार्वजनिक गरिएको टीजर र नयाँ पहिचानले निकै उत्साहित देखिएका छन्।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : १७ बजे

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’