कम्बोडियाबाट थाइल्यान्डमा युद्ध विरामको प्रस्ताव « Khabarhub

कम्बोडियाबाट थाइल्यान्डमा युद्ध विरामको प्रस्ताव


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीमामा थाइल्यान्डसँग भएको दुई दिनको झडपपछि कम्बोडियाले युद्ध विरामको प्रस्ताव राखेको छ। संयुक्त राष्ट्र सङ्घका लागि कम्बोडियाका दूत चिया कियोले शान्तिका लागि निःशर्त प्रस्ताव अघि सारेको बताएका छन्।

थाइल्यान्डले युद्ध विरामको प्रस्तावका बारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। थाइल्यान्डले यस अघि नै सीमाका आठ जिल्लामा सैन्य शासनको घोषणा गरिसकेको छ। बिहीबार सुरु भएको झडपमा दुवै देशका १६ जनाको ज्यान गएको छ भने सीमा क्षेत्रका हजारौँ जना विस्थापित भएका छन्।

थाइल्यान्डका कामचलाउ प्रधानमन्त्री फुमथाम वाचेआईले शुक्रबार अहिलेको यो झडप युद्धमा परिणत हुने चेतावनी दिएका छन्। उनले सीमाका १२ स्थानमा झडप भइरहेको बताएका छन्।

थाइल्यान्डले कम्बोडियाले नागरिकको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ।

कम्बोडियाले थाइल्यान्डबाट गुच्छ युद्ध सामग्री प्रयोग भएको घोषणा गरेको छ। यो युद्ध सामग्रीले संसारमा बर्जित छ। यसले आम सर्वसाधारणलाई समेत अप्ठेरो पारेको छ।

दक्षिण पूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियन)को नेतृत्व गरिरहेको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि दुवै देशसँग सम्पर्क गरेर वार्ताका लागि पहल गरेका छन्।

राष्ट्र संघले तत्काल युद्ध विराम र शान्तिका लागि पहल गर्नु आवश्यक रहेको जनाएको छ। थाइल्यान्डले १४ जना सर्वसाधारणको ज्यान गएको बताएको छ भने कम्बोडियाले एक जना सर्वसाधारण मारिएको बताएको छ।

दुवै देशले सीमामा पूर्व शर्त अस्वीकार गर्दै अघि बढेको कारण युद्ध भएको आरोप एक आपसमा लगाएका छन्।

यी दुई देश बीचको सम्बन्ध सय वर्षअघि देखि नै बिग्रिएको हो। त्यस समयमा फ्रान्सले कम्बोडियामा शासन गरेको थियो।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : ३७ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार