बाँझो जग्गामा व्यावसायिक फूलखेती « Khabarhub

बाँझो जग्गामा व्यावसायिक फूलखेती


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको विदुर नगरपालिकाले बाँझो रहेको छ रोपनी जग्गामा व्यावसायिक फूलखेती सुरू गरेको छ ।

विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरू गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुनेछ ।

‘नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फूल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र स्थानीय नगरवासीलाई व्यावसायिक फूलखेतीप्रति आकर्षण बढाउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्पखेतीको प्रवद्र्धन गर्न लागिएको छ’, उनले भने, ‘गत वर्ष परीक्षणको रुपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फूल उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।’

फूलखेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ (ठाउँ) तयार पारिएको छ । ६ रोपनी जग्गामा ‘मल्चिङ’ प्रविधिमा आधारित सयपत्री र मखमली जातका नौ हजारभन्दा बढी फूलका बिरुवा रोप्न सुरू गरिएको कृषि शाखाका अधिकृत सविना बोगटीले जानकारी दिइन् । बिरुवा अन्यत्रबाट खरिद गरेर ल्याइएको छ । रोप्नका लागि नगरपालिकाको जनप्रतिनिधि र कर्मचारी खटिएका छन् ।

यान्त्रिकीकरणको प्रयोगले कम लागतमा रोप्ने ठाउँ तयार गरिएको छ भने मल्चिङ प्रविधिमा खेती गर्दा आम्दानी धेरै लिन सकिने उनको भनाइ छ ।

नगरपालिकाले गत वर्ष वडा नम्बर ५ र वडा नम्बर ९ मा परीक्षणका रुपमा लगाएको फूलखेतीमा सफलता पाएसँगै यो वर्ष बाँझो एवं प्रयोगविहीन अवस्थामा रहेका आफ्नो जग्गामा खेती गरेर आम्दानीको स्रोत बढाउन र स्थानीय किसानलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने लक्ष्य लिएको छ ।

सोही अभियानअन्तर्गत वडा नम्बर ५ को कार्यालय पनि फूलबाट लाभ लिन व्यावसायिक खेती सुरू गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५ ले कार्यालय परिसरमा रहेको बाँझो एवं खाली जग्गामा यो वर्षदेखि व्यावसायिक फूलखेती सुरू गरेको हो । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ११ : ५४ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर