पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते « Khabarhub

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लिमा– पेरुको मध्य क्षेत्र जुनिनमा एक  बस दुर्घटनामा कम्तीमा १८ जनाले ज्यान गुमाएका छन् भने अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यम ला रिपब्लिकाले जानकारी दिएको छ ।

एक्सप्रेसो मोलीना लिडर इन्टरनेशनल नामक यातायात कम्पनीको दुई तल्ले बस तार्मा प्रान्तको ताल्का जिल्लाको नजिकैको केन्द्रीय राजमार्गबाट खसेपछि उक्त दुर्घटना भएको बताइएको छ ।

घटनापछि उद्धारका लागि राष्ट्रिय प्रहरी, दमकलकर्मी तथा स्वास्थ्यकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु बसको संरचनामा च्यापिएका थिए, जसलाई सावधानीपूर्वक उद्धार गरी फेलिक्स मायोर्का अस्पताल तार्मा लगिएको छ ।

प्रहरी प्रशासनले घटनास्थल सुरक्षित गर्दै उद्धार कार्य सहज रूपमा सम्पन्न गर्न आवश्यक सहयोग पुर्‍याएको थियो । दुर्घटनाको कारणबारे हाल अनुसन्धान जारी रहेको जनाइएको छ । प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ३३ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर