म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ | Khabarhub Khabarhub

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित घराम्दी खानेपानी योजनामार्फत औलाका ११५ घरपरिवारका करिब ७०० जनसङ्ख्या लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले गण्डकी प्रदेश सरकारको ८३ लाख चार हजार ५६९ अनुदान र उपभोक्ताको १० लाख २२ हजार ६२१ को लागतमा योजना निर्माण भएको जानकारी दिए । एक करोड २९ लाख ३२ हजार ६२१ रुपैयाँ लागत अनुमान गरिएको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दा कम खर्चमा सम्पन्न भएको उनले बताए ।

रिमा गाउँको फेदीमा रहेको कोलालीवाङ मुहानदेखि तीन किलोमिटर ५०० मिटर लामो पाइपलाइनबाट ल्याएको पानी ३५, २० र १० घनमिटर क्षमताको तीन वटा टङ्कीबाट वितरणको व्यवस्था मिलाइएको छ ।

सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । यहाँका बासिन्दाले यसअघि सार्वजनिक धाराबाट पानी उपभोग गर्दथे । सार्वजनिक धाराबाट पानी ओसार्दा हुने समय बचत र झञ्झट हटेको छ । पानीका लागि पालो पर्खनुपर्ने समस्या अन्य भएको छ ।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान र दिगो सञ्चालन गर्न न्यूनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका अध्यक्ष फगामीले बताए ।

आर्थिक वर्ष २०७९–०८० मा सुरु भएको योजना चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । शाखा पाइपलाइन खन्ने र पुर्ने काम उपभोक्ताले श्रमदानमार्फत गरेका छन् ।

६ सयभन्दा बढी घरपरिवारको बसोबास रहेको साविक हिस्तान गाविसको औलासहित सबै बस्तीमा एक घर एक धारा खानेपानी सुविधा पुगेको वडाध्यक्ष मइलन पुर्जा पुनले बताए ।

सङ्घीय व्यवस्था सुरु हुनुअघि २०७३ सालदेखि निर्माण थालिएको घराम्दी खानेपानी योजनाले यसपाली पूर्णता पाएको हो । योजनामार्फत यसअघि घराम्दी, टिकोट, रिमा टोलमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको थियो । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ४० बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज