भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध | Khabarhub Khabarhub

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई शनिबारदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । 

नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित ती उद्योगले बिक्री गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली, कोलिफार्म, एमोनियालगायतका तत्व पाइएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिए । 

प्रतिबन्ध लगाइएका उद्योगहरूमा जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर, झौखेल खानेपानी, कर्णाली खानेपानी र भक्तपुर खानेपानी उद्योग छन् । 

गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहित अनुगमन समितिका सदस्य सन्तोषी नेपाली, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, निलाकुमारी घिमिरे, वास संयोजक सुरेन्द्र लामिछाने, विभिन्न विषयगत समितिका प्रतिनिधिलगायतले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्थालगायतको स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा खानेपानीको उत्पादनमा समस्या देखिएको, गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामा ध्यान नदिएको पाइएपछि पानीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । 

नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने जनाइएको छ । झौखेलमा मात्रै ५० वटाभन्दा बढी खानेपानी उद्योग सञ्चालनमा छन् । रासस
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : २२ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज