लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह « Khabarhub

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक भएको बताएका छन् । 

विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायद्वारा शनिवार आयोजित धार्मिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले यस्तो बताएका हुन् । उनले लुम्बिनीको संरक्षण र संवर्द्धनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने पनि बताए ।

‘लुम्बिनी केवल भौगोलिक स्थल मात्र नभएर विश्व शान्तिका लागि एक महत्त्वपूर्ण धार्मिक केन्द्र हो । सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक हो,’ उनले भने, ‘बुद्धिजमलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।’

कार्यक्रममा थाइल्याण्डका सुपोत महास्थवीरलाई नेपाली बौद्ध समुदाय तथा विश्व शान्ति विहारले धार्मिक अभिनन्दन गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : ४१ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली