रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी « Khabarhub

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मी– रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ । 

सो वडाका सर्वदलीय र सर्वपक्षीय बैठकमा सबैले सहमति जनाएपछि सो परियोजना सुरु गर्ने निर्णय गरिएको सो वडाका वडाध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । 

वडाध्यक्ष पन्थीले अर्जुन क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल मात्र नभई, हावाद्वारा ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा सिफारिस गरिसकेको र हाल ऊर्जा मन्त्रालयले सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको जानकारी दिए ।

अर्जुनबाट उनायचौर सवस्टेशनको दुरी करिब ८०० मिटर मात्र भएकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सकिने बताइएको छ ।

उक्त परियोजनाबाट दैनिक आठ हजार, मासिक दुई लाख ४० हजार र वार्षिक २८ लाख ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रारम्भिक अनुमान छ । 

आयोजनाको प्रारम्भिक चरणका लागि एक करोड ५० लाख रुपैयाँ लगानीमा सम्भाव्यता अध्ययन तथा आवश्यक प्रारम्भिक संरचना तयार गर्ने योजना छ । सो लगानीमा वडावासीलाई सेयरमार्फत सहभागी गराइने र बाँकी बजेट प्रदेश, सङ्घ र वैकल्पिक ऊर्जा केन्द्रबाट समन्वय गरी जुटाइने बताइएको छ ।

वडाका सम्पूर्ण जनप्रतिनिधिहरूले योजना उपयुक्त रहेकाले ऐक्यबद्धता जनाएका छन् । चालु आर्थिक वर्षमा सो वडामा नगरपालिकाबाट प्राप्त बजेट लक्षित क्षेत्रबाहेक अन्य भौतिक पूर्वाधार निर्माणमा खर्च नगरी सोही काममा खर्च  गर्ने सर्वदलीय सहमति भएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : २१ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक