शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक : मुख्यमन्त्री कँडेल « Khabarhub

शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक : मुख्यमन्त्री कँडेल


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक रहेको बताएका छन् ।

वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतस्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवं शैक्षिक भवन निर्माणको शनिबार शिलान्यास कार्यक्रममा मुख्यमन्त्री कँडेलले समयअनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए । 

उनले भने, ‘हामी अझै पनि परम्परागत शिक्षण पद्धतिमा अडिएका छौँ जहाँ विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राख्छन् । अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सकिन्छ ।’

मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्ने सुझाउँदै व्यावहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए । शिक्षालाई जीवनोपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले भने, ‘शिक्षामा रूपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन, सक्षम शिक्षक र पूर्वाधारको भूमिका महत्त्वपूर्ण हुन्छ । प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्थामा विशेष ध्यान दिन्छौँ । कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशको शिक्षाको विकासबाट दीर्घकालीन विकास सम्भव हुन्छ ।’

श्रीमान् कन्स्ट्रक्सन हेटौँडा उपमहानगरपालिका–६ मकवानपुरले विसं २०८३ पुस १५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरिएको ३३ कोठे उक्त शैक्षिक भवन कर्णाली प्रदेश सरकारको रु पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ बजेट विनियोजन गरिएको जनाइएको छ ।

प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा सामाजिक परिवर्तनको साधन हुनुपर्ने धारणा राख्दै त्यसका लागि हामी सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दिपा हमाललगायतको सहभागिता थियो । 
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : ४५ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक