प्रचण्डले कांग्रेस र एमालेमा देखेको सङ्कट – माओवादी केन्द्रका लागि अवसर « Khabarhub

प्रचण्डले कांग्रेस र एमालेमा देखेको सङ्कट – माओवादी केन्द्रका लागि अवसर

‘एमालेमा ‘मदनका चार श्रीमती’ र जबजबारे विवाद / कांग्रेसमा वैचारिक खडेरी’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसमा देखिएको वैचारिक सङ्कट माओवादी केन्द्रका लागि अवसर हुने बताएका छन् ।

उनले यो परिस्थितिलाई राम्रोसँग ‘हेन्डल’ गर्न सके देशको राजनीतिमा फेरि एकचोटि राम्रैसँग लिडरसिप लिन सकिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको ‘मदन भण्डारीका चार श्रीमती र सहकारी ठगी’ को प्रसङ्ग र जबजको प्रवर्तकै को हो ? त्यसको प्रस्तावक को हो भन्नेमा एमालेभित्रको विवादले सङ्कट निम्त्याएको प्रचण्डले बताए ।

उनले कांग्रेसभित्र पनि विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेकाकाले माओवादीलाई अवसर प्राप्त भएको बताए ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वैचारिक, राजनीतिक सङ्कट नभएको पार्टी माओवादी केन्द्रमात्रै रहेको बताए ।

के भनेका थिए प्रचण्डले यहाँ हेरौँ ।

कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले खेलेको भूमिका वा गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र साङ्गठनिक नेतृत्वको खडेरी परेको देखिन्छ । अहिले म यो भन्दा धेरै भन्दिनँ । त्यही कुरा एमालेभित्र हे¥यो भने एमालेभित्र झन ठूलो सङ्कट वैचारिक, राजनीतिक सङ्कट र नेतृत्वको सङ्कट अहिले देखा परेको छ ।

अहिलेसम्म त्यो पार्टीले मदन भण्डारी र जबज (जनताको बहुदलीय जनवाद) को आधारमा टिकाएको र अगाडि लगेको हामी सबैलाई थाहा छ ।

तर आजको दिन क्राइसिस के भयो भने– जबजको उत्तराधिकारी को हो ? जबजको प्रवर्तकै को हो ? त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो । यो ठूलो सङ्कट हो ।

अस्ति प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका चार वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढङ्गले उहाँ अगाडि आउनु भएको छ र यो सङ्कट गहिरिने देखिएको छ ।

त्यसकारण यो ठूलो आइडियोलोजिकल, पोलिटिकल क्राइसिस हो ।

कांग्रेसमा पनि तपाईंले हेर्नुभयो भने एमालेमा पनि वैचारिक राजनीतिक सङ्कट नभएको पार्टी माओवादी केन्द्र हो । तपाईंहरू गहिरिएर विचार गर्नुहोला अहिले मलाई व्याख्या गर्ने समय छैन ।

हामी (माओवादी केन्द्र) लाई आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धी सर्वसम्मत निर्णय छ त्यहाँ अहिलेसम्म कसैले विमत्ति राखेको छैन ।

केही महिना अघि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत रुपमा निर्णय भएको छ र हामी अभियानमा छौं । एकाध मान्छेका कुण्ठा या प्रतिक्रियावादी र दलालहरूको प्रभोकेशनमा गएर हाम्रो पार्टीमा कुनै प्रकारको सङ्कट वैचारिक राजनीतिक पनि छैन । लिडरसिपको सङ्कट पनि हाम्रो पार्टीमा छैन ।

अन्यत्र देखा परेको छ र यो हाम्रो लागि अवसर जस्तो पनि बनेर आउँदै छ । र यसलाई राम्रो हेन्डल गर्न सकियो भने हामीले साँच्चै नै देशको राजनीतिमा फेरि एकचोटि राम्रैसँग लिडरसिप लिन सक्ने वातावरण बन्दै छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : ५८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल