मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’  « Khabarhub

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’ 


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् । 

आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनले बताए । ‘मैले १० वर्ष भयो तरकारी खेती गरेको’, उनले भने, ‘यही तरकारी मोटरसाइकलको पछाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घर खर्च धानेको छ ।’

हरेक दिन बिहान ५ बजे उठेर उनले काँक्रा र बोडी गाउँ गाउँमा लिएर बेच्छन् । उनी तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्छन् । अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ । 

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काँक्रा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘विगतका वर्षमा दैनिक सात/आठ क्वीन्टलसम्म बिक्री गर्थे’, उनले भने, ‘यसवर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।’

उनले बोडीलाई ५० किलो रुपैयाँमा बिक्री गर्दै आएका छन्, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आएका छन् । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ ।

जसमा बोडी एक सिजनमा दुई लाख रुपैयाँसम्मको कारोबार हुन्छ भने काँक्रा पाँच लाख रुपैयाँ सम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर चारदेखि पाँच लाख रुपैयाँसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए ।  

अब बोडी र काँक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उनले बताए । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताए । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उनले बताए । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : १८ बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२