विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित « Khabarhub

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

‍काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुल्मी–काठमाडौं सम्पर्क मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
 
विप्लवनिकट नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च आफ्नो पाँचौँ अधिवेशनको अवसरमा शनिबार माओवादी केन्द्रमा समाहित भएको हो ।

मञ्चमा रहेका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा सम्पर्क मञ्चसँगै अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश भएका प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार माओवादी केन्द्रमा समाहित हुने नेता–कार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटालगायत रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : ३७ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर