विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित « Khabarhub

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

‍काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुल्मी–काठमाडौं सम्पर्क मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
 
विप्लवनिकट नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च आफ्नो पाँचौँ अधिवेशनको अवसरमा शनिबार माओवादी केन्द्रमा समाहित भएको हो ।

मञ्चमा रहेका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा सम्पर्क मञ्चसँगै अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश भएका प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार माओवादी केन्द्रमा समाहित हुने नेता–कार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटालगायत रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : ३७ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली