काभ्रेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

काभ्रेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पनौती नगरपालिका-३, बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहान १०:१० बजेतिर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पनौती न.पा.-५ बस्ने विजय थापाकी श्रीमती वर्ष ३२ की सुजना खत्रीको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान १०:४० बजे निधन भएको अस्पतालले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक विजय थापा (वर्ष ३२) को देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने उनका ५ वर्षीय छोरा बिएन्स थापाको निधारमाथि टाउकोमा चोट लागेको छ । दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी कुशादेवीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : ४५ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार