एनपीएलको खेलाडी अक्सन साउन २४ गते गरिने, ४५८ जनाले गराए नाम दर्ता | Khabarhub Khabarhub

एनपीएलको खेलाडी अक्सन साउन २४ गते गरिने, ४५८ जनाले गराए नाम दर्ता


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोश्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्तिमार्फत एनपीएलको अक्सन साउन २४ मा गरिने जनाएको छ । 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार एनपीएलका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गराएका छन् । क्यानले एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई १२ देखि २२ सम्म खुल्ला गरेको थियो । 

दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण एनपीएलमा सहभागी आठ फ्रेञ्चाईज टोलीहरूलाई उपलब्ध गराएर क्यानको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरूले इच्छ्याएका खेलाडीहरूको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : ०९ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको