प्रचण्डको राजनीतिक ‘ब्राण्ड भ्यालू’ राम्रो छ : वर्षमान « Khabarhub

प्रचण्डको राजनीतिक ‘ब्राण्ड भ्यालू’ राम्रो छ : वर्षमान


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्राण्ड’ भएको बताएका छन् ।

पार्टीसम्बद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रुपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौं । उहाँको ब्राण्ड भ्यालु राम्रो छ ।’

यद्यपि अध्यक्ष प्रचण्डले पनि आफलाई रुपान्तरणको प्रयत्न भने गर्नुपर्ने पुनले बताए । पुनले पटकपटक मन्त्री, सांसद् भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरुले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गरे ।

‘कमरेड प्रचण्डले पनि आफूलाई रुपान्तरणको प्रयत्न गर्नुपर्छ । उहाँले त्यो गर्नैपर्छ । साथै हामी दोश्रो तेश्रो तहका नेताहरु छौं । अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं’, पुनले भने, ‘हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौं । मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौं । पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ । हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा ग¥यौं ? गर्न हुने र न हुने ग¥यौं ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ । समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौं ।’

कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षित रुपमा नेपालका अन्य दलको तुलतामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरु अरुभन्दा असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे ।

दोश्रो तहका नेताहरुले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्यव र सन्तुलन मिलाएर पार्टीलाई गतिशिल बनाउने भूमिका खेल्नुपर्ने उनले बताए । ‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेश्रो पुस्तालाई मिलाउँदा पार्टी संगठन गतिशील हुन्छ । हामी दोश्रो पुस्ताका नेताहरुले अहिले त्यही भूमिका खेल्नुपर्छ । एकांकी रुमपा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन । नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन । सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन ।’

फरक प्रसंगमा पुनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको निरंकुश, स्वेच्छाचारी र भ्रष्ट प्रवृत्तिले जनताको बलमा सत्ताच्युत भएका प्रतिगामी शक्तिले टाउको उठाउने जमर्को गरेको आरोप लगाए । उनले ओलीले अहिलेको प्रणालीमाथि विगतदेखि नै आक्रमण गर्दै आएको भन्दै फेरि संसद विघटन गर्न सक्ने दाबी गरे ।

‘निरंकुश र स्वेच्छाचारी प्रवृत्तिका केपी ओली नेतृत्वको वर्तमान सरकार बनेको एक वर्षमा राज्य दोहन र भ्रष्टाचार डरलाग्दो रुपमा बाहिर आएको छ । प्रधानमन्त्री सबै पार्टीलाई तोडफोड गरेर साइजमा राख्न र विपक्षीलाई तर्साउन तल्लिन हुनुहुन्छ । आफ्नो कुर्सीमाथि खतरा आइपर्दा उहाँले फेरि संसद् विघटन गर्ने तयारी गर्नुभएको छ भन्ने सुन्नमा आएको छ । यसअघि दुईपटकसम्म गरेको संसद विघटन सही थियो भन्ने पुष्टि गर्न उहाँले त्यो काम नगर्नुहोला भन्न सकिँदैन’, पुनले भने ।

उनले ओलीजस्तै प्रवृत्तिका पुराना पार्टी र नेताका अयोग्यता, भ्रष्टाचार र स्वेच्छाचारी कार्यशैली देखाएर व्यवस्था नै खराब भन्ने स्थापित गर्न खोजिएकाले परिवर्तन पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सन्दिप पुन, ममता अधिकारी , दीपा जैसी तथा उप–महासचिवद्वय निरज श्रेष्ठ जटिल कार्की पनि बोलेका थिए । उनीहरुले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : २२ बजे

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल