‘जबजलाई मार्गदर्शक सिद्धान्त बनाइनु घोर दक्षिणपन्थी कुरा हो’- कम्युनिस्ट एकता गर्ने झलनाथ सूत्र « Khabarhub

‘जबजलाई मार्गदर्शक सिद्धान्त बनाइनु घोर दक्षिणपन्थी कुरा हो’- कम्युनिस्ट एकता गर्ने झलनाथ सूत्र


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत सामाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले जबजलाई मार्गदर्शक सिद्धान्त बनाउने कुरा घोर दक्षिणपन्थी कुरा भएको बताएका छन् ।

कम्युनिस्ट पार्टी एकताबद्ध बनाउने अभियानअन्तर्गत तत्कालीन ने क पा निर्माण गर्दा दक्षिणपन्थी भड्काउतिर लागेको हुनाले कम्युनिस्ट आन्दोलन बिस्तारी बिस्तारी विभाजनतर्फ गएको खनालले बताए । उनले मार्क्सवाद र लेनीनवादलाई मार्गदर्शक सिद्धान्त बनाउनुपर्नेमा जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त बनाउँदा नेकपा विभाजित हुन पुगेको बताए । उनले भने, ‘अहिले झन हामी सङ्कटपूर्ण अवस्थामा पुगेका छौं । २४–२५ वटा समूह सिर्जना भएका छन् । यसमा नयाँ ढङ्गले वैचारिक, राजनीतक, सैद्धान्तिक र सङ्गठनात्मक पुनर्गठन हुनुपर्छ ।’

लोकृष्ण भट्टराईद्वारा लिखित पुस्तक ‘निर्वासन’ को लोकार्पण कार्यक्रममा शनिबार बोल्दै नेता खनालले नेपाली राजनीतिक आन्दोलन जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको बताए ।

यहाँ हेरौं खनालको वक्तव्य ।

जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आयौँ– झलनाथ खनाल

कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ । असाध्यै राम्रो कुरा । तर भावनाले मात्र एकता पक्कै हुँदैन । सही विचार नभई एकताबद्ध गर्न सकिँदैन । नेपाल कुन चाहिँ ठाउँमा आइपुग्यो त ? जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आयौँ ।


यो कुरा सबै कम्युनिष्टले पहिले मान्न सक्नुप¥यो । दोस्रो कुरा हाम्रो मार्ग दर्शक सिद्धान्त के हो त ? मार्क्सवाद लेनीनवाद हो । मार्क्सवाद लेनीनवादको सामु देब्रेपट्टी एउटा पुच्छर, दाहिने पट्टी अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरत छैन ।

मार्क्सवाद लेनीनवाद नै सार्वभौम सिद्धान्त हो । अरु विशिष्ट सिद्धान्तहरू पनि विकास भएका छन् । हामीले ती विशिष्ट सिद्धान्तबाट पनि सिक्न सक्छौं । सार्वभौम सिद्धान्त नै हाम्रो मार्गदर्शक सिद्धान्त हुन्छ ।

मार्क्सवाद लेनीनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो । कम्युनिस्ट एकता गर्नका लागि पहिलो कुरा मार्क्सवाद लेनीनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर मान्नुप¥यो । दोस्रो नेपाली समाज समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आयो यो कुरालाई हामीले मान्नुप¥यो ।

तेस्रो यो क्रान्तिलाई अगाडि बढाउनका लागि स्वभाविक रुपले साम्राज्यवाद, दलाल पुँजीवादका विरुद्ध हामीले लड्नुपर्ने छ ।
साम्राज्यवाद बाह्य शक्ति हो त्यसको खण्डन मण्डन आदि उसले गर्ने हस्तक्षेपका विरुद्ध लड्ने हो । हाम्रो मुख्य प्रहार दलाल पुँजीवादका विरुद्ध हो । यस कारण दलाल पुँजीवादका विरुद्ध र यसलाई प्रतिनिधित्व गर्ने शक्तिहरूका विरुद्ध ।
जो समाजवादका विरुद्ध हुन्छन्, मार्क्सवाद, लेनीनवादका विरुद्ध हुन्छन्, राष्ट्रियताका विरुद्ध हुन्छन्, यी तमाम किसिमका विकृतिका पक्षमा हुन्छन् त्यस्ता शक्तिका विरुद्ध हामी एकताबद्ध हुनुपर्ने आवश्यक्ता छ ।

त्यसकारण हामीले एउटा नयाँ सही कार्यदिशा, नीति र सिद्धान्त नभईकन त हामी एकताबद्ध हुन सक्दैनौं । भावनात्मक रुपले एकताबद्ध हुन सकिँदैन । त्यसैले म के भन्छु भने– मार्क्सवाद, लेनीनवादलाई आधार बनाऔं, यो मार्गदर्शक सिद्धान्त हो भनेर । नेपाली समाज अहिले समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आयो भन्ने कुरालाई स्वीकार गरौं ।

अबको हाम्रो लक्ष्य समाजवाद हो । समाजवाद मात्र भन्यो भने पनि भ्रम पर्ने स्थिति आएको छ आजभोलि । हामीले भन्नुपर्ने हुन्छ वैज्ञानिक समाजवाद । वैज्ञानिक समाजवाद भन्दा हाम्रो अर्को लक्ष्य हुन सक्दैन ।

समाजवादको नाममा नेपालमा पनि थुप्रै समाजवादी पार्टी बनेका छन् । उनीहरूले विविध खाल्का विचारहरू अगाडि सारिरहेका छन् । कार्लमार्क्सले घोषणापत्र लेख्दालेख्दै पनि उहाँले अनेकन प्रकारका बुर्जुवाहरूले पेटी बुर्जुवाहरूले अनेक खाल्का समाजवादका रुपहरू लिएर आउँछन् है भन्ने देखिसक्नु भएको थियो । सतर्क हुनु भनेर घोषणा पत्र लेख्दा नै मार्क्सले भनिसक्नु भएको छ ।

पाँच प्रकारका समाजवाद आउन सक्छन् भनेर सामन्ती समाजवादको रुप, पुँजीवादी समाजवादको रुप, निम्न पुँजीवादी समाजवादको रुप, काल्पनिक समाजवादको रुप आदि समाजवादका रुप आइलाग्न सक्छन्, ती कुराबाट सतर्क रहेर वैज्ञानिक समाजवादका पक्षमा हामी लाग्नुपर्छ भनेर मार्क्सले कम्युनिस्ट घोषणापत्रमै उल्लेख गर्नुभएको छ ।

वैज्ञानिक समाजवादको पक्षमा हामी लाग्नुपर्ने हुन्छ । यी चारपाँच कुरामा हामी सबै कम्युनिस्टहरूले एकताबद्ध भएर समाजवाद प्राप्त गर्ने हाम्रो बाटो, कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य के हो ? हाम्रा को शत्रु हुन् को मित्र हुन् ? यी कुरालाई हामीले दृढतापूर्वक अगाडि सारेर जान सक्यौं भने नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकताबद्ध हुन्छ । एकता विचारका आधारमा हुन्छ । एकता हुनै नसक्ने भन्ने होइन ।

जतिबेला हामीले नेकपा बनाएका थियौं, त्यतिबेला केही परिस्थितिहरूले हामीलाई प्रेरित गरेको थियो । तर सही कार्यदिशा, नीति, सिद्धान्त विकास गर्न सकिएन । दक्षिणपन्थी भड्काउतिर झनझनझनझन गहिरिँदै जाने र पार्टीको मार्गदर्शक सिद्धान्तलाई समेत पन्यालो बनाउँदै अरु नै कुराहरूलाई मार्गदर्शक सिद्धान्त बनाइयो । जस्तो जबजलाई मार्गदर्शक सिद्धान्त बनाउने कुरा घोर दक्षिणपन्थी कुरा हो ।

यो दक्षिणपन्थी भड्काउतिर लागेको हुनाले कम्युनिस्ट आन्दोलन बिस्तारी बिस्तारी विभाजनतर्फ गयो र अहिले झन हामी सङ्कटपूर्ण अवस्थामा पुगेका छौं । २४–२५ वटा समूह सिर्जना भएका छन् । यसमा नयाँ ढङ्गले वैचारिक, राजनीतक, सैद्धान्तिक र संगठनात्मक पुनर्गठन हुनुपर्छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : २४ बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२