बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह | Khabarhub Khabarhub

बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह गरेका छन् । 

पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुलभ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाटै प्रवाह गर्न आग्रह गरे । 

उनले भने, ‘यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ । जो बाहिर गएर उपचार गराउन आर्थिक रूपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरू सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ ।’

जिल्ला अस्पतालका रूपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै पनि कमी नहुने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : ५० बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज