यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड रुपैयाँ राजस्व « Khabarhub

यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड रुपैयाँ राजस्व


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार नौ सय ८०  रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवमा चालक अनुमतिपत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको हो । 

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले विद्युत् समस्या समाधानका लागि सोलार जडान गरेकाले सेवाप्रवाहमा सुधार आएको बताए  । उक्त अवधिमा सरकारी, सार्वजनिक र भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना सवारी गरी आठ हजार ५७ सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ । 
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ०० बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली