बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने « Khabarhub

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् । 

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शनिबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थल भएकाले यस ठाउँको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने उल्लेख गरिन् । 

धरमपानीमा जनताको साथमा सङ्गठन बनाउँदा धरमपानीले आफूलाई ठूलो गुण लगाएको स्मरण गर्दै न्यौपानेले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने बताइन्  । 

मन्त्री नहुँदा धरमपानी आसपासको विकासका लागि २५ करोडभन्दा बढी बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले बन्दीपुर धरमपानी सडकलाई गत वर्ष चार करोड रुपैयाँ र यस वर्ष त्यसभन्दा धेरै बजेट विनियोजन हुने बताइन् । 

बन्दीपुर धरमपानी साराङघाटलाई कालोपत्र गरी बन्दीपुरको विकासमा टेवा पुग्ने काम गर्ने मन्त्री न्यौपानेको भनाइ थियो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्ष बलहादुर गुरुङ सहभागी थिए।
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ०९ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली