रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु « Khabarhub

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । ड्निप्रो सहरमा एक उच्चतला आवासीय भवनमा भएको आक्रमणमा एक व्यक्तिको ज्यान गएको ड्निप्रोका मेयर बोरिस फिलाटोभले जानकारी दिए । अर्कोतर्फ, रूसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणपछि एक सवारी साधनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको त्यहाँका कार्यवाहक गभर्नर युरी स्लियुसरले पुष्टि गरे ।

ड्निप्रो, खार्किभ र जापोरिज्जिया लगायतका शहरहरूमा रूसी हमला भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मेयर फिलाटोभले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्दै भने, “म बुझ्छु कि सबै ठाउँमा आश्रय स्थल उपलब्ध छैन, तर गोलाबारीको बेला माथिल्लो तल्लामा बस्नु उचित हुँदैन, विशेषतः जब भूमिगत पार्किङजस्ता सुरक्षित स्थानहरू नजिकै छन् ।”

खार्किभका मेयर इगोर तेरेखोभका अनुसार शहरमा करिब तीन घण्टा लगातार आक्रमण भएको थियो, जसमा निर्देशित बम, बलिस्टिक क्षेप्यास्त्र र कामिकाजे ड्रोन प्रयोग गरिएको थियो । जापोरिज्जियाका गभर्नर इभान फेदोरोभले रूसी ड्रोन आक्रमणका कारण आगलागी भएको र एक आवासीय भवन र एक कृषि गोदाममा क्षति पुगेको जानकारी दिए ।

यसबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको प्रस्ताव राख्दै आगामी अगस्ट महिनाको अन्त्यसम्म भेटवार्ता हुनुपर्ने बताएका छन् । तर, क्रेमलिनले यस प्रस्तावलाई तत्काल सम्भव नरहेको जनाएको छ ।

दुबै देशबीच वार्ताका सर्तहरूमा गहिरो मतभेद रहेका छन् । युक्रेनले रूसमाथि निर्णय क्षमताविहीन प्रतिनिधि मात्र पठाएको आरोप लगाउँदै आएको छ भने रूसले युक्रेनलाई आफूले कब्जा गरेको चारवटा क्षेत्र छोड्न आग्रह गरेको छ, जुन युक्रेनले अस्वीकार्य बताउँदै आएको छ ।

युक्रेनले अन्तर्राष्ट्रिय सहयोगका लागि आफ्ना पश्चिमी सहयोगी राष्ट्रहरूलाई थप हतियार र सुरक्षा सामग्री उपलब्ध गराउन आह्वान गरिरहेको छ, ताकि दैनिक भइरहेका रूसी आक्रमणहरूको सामना गर्न सकियोस् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ३६ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो