‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’ | Khabarhub Khabarhub

‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान युवा पुस्तालाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता रहेको बताएका छन् । 

शनिबार वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रका प्रतिनिधिसँग भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री कँडेलले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोगलगायत समस्याको समाधानका लागि आध्यात्मिक मूल्य र अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘आजका युवाहरू आधुनिक प्रविधिका कारण नयाँ विषयमा छिटो ज्ञान प्राप्त गरिरहेका छन् तर मानसिक रूपमा कमजोर हुनुका साथै तनावले भरिँदै गएका छन् । मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरूलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गरिरहेको छ, जसले दीर्घकालीन रूपमा समाज र राष्ट्रलाई असर पार्न सक्छ ।’

मुख्यमन्त्री कँडेलले ब्रह्माकुमारी संस्था जस्ता आध्यात्मिक केन्द्रहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्मअनुशासन र नैतिक जीवनशैलीको अभ्यास गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेलिरहेका उल्लेख गरे ।

उनले कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनः स्थापना केन्द्र तथा सरकारी कर्मचारीलाई लक्षित गर्दै राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव दिए । 

संस्थाका प्रतिनिधिले भौतिक विकाससँगै मानसिक र आध्यात्मिक शुद्धताले मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्दै राज्यले आध्यात्मिक केन्द्र र सकारात्मक सोचको प्रवर्द्धनमा सहयोग गर्नुपर्नेमा जोड दिएका दिए । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ५२ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज