कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित « Khabarhub

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रसिद्ध कथाकार प्राज्ञ माया ठकुरीले उक्त कृतिको लोकार्पण गर्दै विभिन्न विषयवस्तुलाई सूक्ष्म ढङ्गले नियालेर कथा रचना गरेको भन्दै कथाकारको प्रशंसा गरे ।

कथाकार वैरागी नयाँ पुस्तामा असाध्यै आशालाग्दा कथाकारको रूपमा आएको भन्दै उनले यसलाई निरन्तरता दिए भविष्य उज्ज्वल रहेको बताए ।

प्राडा हरिप्रसाद सिलवालले वैरागीको कृतिले नेपाली साहित्यमा नयाँ इँट्टा थप्ने काम गरेको बताउनुभयो । समाजका यथार्थ विषयलाई लिएर सूक्ष्म दृष्टि र कलात्मक शैलीमा प्रस्तुत गरिएका कथा पढिरहँदा आफूले त्यही परिवेशमा पुगेको आभास भएको बताए ।

आवरण प्रकाशनको ब्यानरमा भएको लोकार्पण समारोहमा कवि तथा कलाकार रमेश पौडेलले कथाकार वैरागीको कथाशिल्प प्राञ्जल भएकाले कृति सबैका लागि पठनीय रहेको दाबी गरे।

कथाकार वैरागीले साहित्यको दोस्रो कृतिको जन्म दिँदै गर्दा आफ्ना स्वर्गीय आमा–बुबा र दाइलाई सम्झदै आध्यात्मिक संसारबाट सधैँ आशीर्वाद प्राप्त भइरहने अपेक्षा व्यक्त गरे।

साहित्यकार सरु आस्थाले कलेजको सहपाठी साथीले साहित्यमा उचाइ लिएको भन्दै खुसी व्यक्त गरे ।

दुई दशकदेखि साहित्य र पत्रकारितामा लाग्नुभएका रामेछापका सीताराम दर्लामी साहित्य र पत्रकारितामा सुजन वैरागीका नामले परिचित ‘ग्राफिक्स डिजाइनर’समेत हुन् । उनले २०६७ सालमा पहिलो कृतिका रूपमा मुक्तक सङ्ग्रह ‘पर्खाइका पलहरू’ प्रकाशित गरेका थिए ।

यस्तै, ‘पल्लवी रातहरु’ संयुक्त कृति पनि प्रकाशित भइसकेको छ । रुमानी साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक रहनुभएका वैरागीको अन्य थुप्रै पत्रिकामा सम्पादकीय भूमिका निर्वाह गरेकाछ भने उनले केही गीत पनि बजारमा ल्याइसकेका छन् ।

अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्पले प्रकाशन गरेको यो कृतिमा १९ वटा कथा सङ्ग्रहित छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ९ : २८ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा