कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित « Khabarhub

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रसिद्ध कथाकार प्राज्ञ माया ठकुरीले उक्त कृतिको लोकार्पण गर्दै विभिन्न विषयवस्तुलाई सूक्ष्म ढङ्गले नियालेर कथा रचना गरेको भन्दै कथाकारको प्रशंसा गरे ।

कथाकार वैरागी नयाँ पुस्तामा असाध्यै आशालाग्दा कथाकारको रूपमा आएको भन्दै उनले यसलाई निरन्तरता दिए भविष्य उज्ज्वल रहेको बताए ।

प्राडा हरिप्रसाद सिलवालले वैरागीको कृतिले नेपाली साहित्यमा नयाँ इँट्टा थप्ने काम गरेको बताउनुभयो । समाजका यथार्थ विषयलाई लिएर सूक्ष्म दृष्टि र कलात्मक शैलीमा प्रस्तुत गरिएका कथा पढिरहँदा आफूले त्यही परिवेशमा पुगेको आभास भएको बताए ।

आवरण प्रकाशनको ब्यानरमा भएको लोकार्पण समारोहमा कवि तथा कलाकार रमेश पौडेलले कथाकार वैरागीको कथाशिल्प प्राञ्जल भएकाले कृति सबैका लागि पठनीय रहेको दाबी गरे।

कथाकार वैरागीले साहित्यको दोस्रो कृतिको जन्म दिँदै गर्दा आफ्ना स्वर्गीय आमा–बुबा र दाइलाई सम्झदै आध्यात्मिक संसारबाट सधैँ आशीर्वाद प्राप्त भइरहने अपेक्षा व्यक्त गरे।

साहित्यकार सरु आस्थाले कलेजको सहपाठी साथीले साहित्यमा उचाइ लिएको भन्दै खुसी व्यक्त गरे ।

दुई दशकदेखि साहित्य र पत्रकारितामा लाग्नुभएका रामेछापका सीताराम दर्लामी साहित्य र पत्रकारितामा सुजन वैरागीका नामले परिचित ‘ग्राफिक्स डिजाइनर’समेत हुन् । उनले २०६७ सालमा पहिलो कृतिका रूपमा मुक्तक सङ्ग्रह ‘पर्खाइका पलहरू’ प्रकाशित गरेका थिए ।

यस्तै, ‘पल्लवी रातहरु’ संयुक्त कृति पनि प्रकाशित भइसकेको छ । रुमानी साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक रहनुभएका वैरागीको अन्य थुप्रै पत्रिकामा सम्पादकीय भूमिका निर्वाह गरेकाछ भने उनले केही गीत पनि बजारमा ल्याइसकेका छन् ।

अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्पले प्रकाशन गरेको यो कृतिमा १९ वटा कथा सङ्ग्रहित छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ९ : २८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति