आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अगष्ट २६ तारिख। आज हरितालिका तीज व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सानातिना कुराको विवादमा फस्न सक्ने जोखिम छ। थोरै बोलेर अघि बढ्दा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ।

वृष : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर हात लाग्नेछ। परिवारले तपाईंलाई आज सही सल्लाह दिनेछन्।

मिथुन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफैले बोलेको कुराले पछुतो लाग्नेछ। बोल्दा ध्यान दिनुपर्नेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। बन्धुसँग गरेको सहकार्यले तपाईंलाई फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। धर्मकर्ममा मन जानेछ। आज दान दक्षिणा गर्नु उचित हुनेछ।

कन्या : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ।

तुला : दिन आज सामान्य रहेको छ। श्रम शोषण गर्ने सक्रिय छन्। शिक्षामा भने नाम, दाम कमाउने दिन छ। आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिएर मात्र अघि बढ्नुहोला। परिवारमा खटपटी बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। बोझ थपिनेछन्। शिक्षामा गरेको लगानीमा आंशिक लाभ हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। उच्च पदस्थ व्यक्तिसँगको भेटले मन हल्का हुनेछ।

धनु : आज शत्रु बढ्नेछन्। थोरै मात्र बोलेर धेरै काम गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। संकटमा साथीको साथ मिल्नेछ।

मकर : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्नेहरु बढ्नेछन्। व्यापार व्यवसायमा ठूलो कारोबारमा हात नहाल्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। धार्मिक व्यक्तित्वसँग परामर्श गरेर मात्र अघि बढ्नुहोला। स्वास्थ्य लाभ हुनेछ। धर्मकर्ममा मन जानेछ। परिवारले साथ दिनेछन्।

मीन : दिन सामान्य छ। आफन्त टाढिनेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। पारिवारिक सुत्रको सल्लाह लिएर अघि बढ्नुहोला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ५ : ०३ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति