मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै « Khabarhub

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा आज (मंगलबार) चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा चन्द्रमाको पूजा गरिन्छ ।

पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।

संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरू जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउँछन् ।

महिलाले आज दिनभर निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाई, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका– ८ की व्रतालु राजवतीदेवीले बताइन् ।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यहरूले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचन पर्व सम्पन्न भएपछि  परिवारका सदस्यहरू आँगनमै बसेर खीर, पुरी, दही, मिठाई खाने चलन छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ४१ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री