मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै « Khabarhub

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा आज (मंगलबार) चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा चन्द्रमाको पूजा गरिन्छ ।

पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।

संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरू जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउँछन् ।

महिलाले आज दिनभर निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाई, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका– ८ की व्रतालु राजवतीदेवीले बताइन् ।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यहरूले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचन पर्व सम्पन्न भएपछि  परिवारका सदस्यहरू आँगनमै बसेर खीर, पुरी, दही, मिठाई खाने चलन छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ४१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को