तीजले एकजुट हुन प्रेरणा दिन्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल « Khabarhub

तीजले एकजुट हुन प्रेरणा दिन्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल


१० भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्– ‘तीज आआफ्ना माइतमा आमा बुवा, दिदीबहिनी, दाजुभाइ, साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, सुखदुःख साट्ने र पुराना सम्बन्ध पुनःताजगी गर्ने तीज महिलाको सांस्कृतिक पर्व हो ।’

पूर्वीय दर्शनमा तीज पर्वको महत्त्व र प्रारम्भको आफ्नै इतिहास छ । लक्ष्य प्राप्तिका लागि कठिन सङ्घर्ष, समर्पण र भक्तिभाव गर्न प्रेरित गर्ने तीज पर्व अहिले महिला स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणका लागि प्रेरणा दिने पर्वका रुपमा मनाउन थालिएको छ ।

परम्पराका नाममा थोपरिएका अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज पर्वलाई मनाउन आवश्यक भएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भनेका छन्, ‘तीज पर्वमा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिहरूप्रति सचेत रहँदै लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रूपमा तीज मनाउन म सबैमा अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ८ : ०७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली