तीजले एकजुट हुन प्रेरणा दिन्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल « Khabarhub

तीजले एकजुट हुन प्रेरणा दिन्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्– ‘तीज आआफ्ना माइतमा आमा बुवा, दिदीबहिनी, दाजुभाइ, साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, सुखदुःख साट्ने र पुराना सम्बन्ध पुनःताजगी गर्ने तीज महिलाको सांस्कृतिक पर्व हो ।’

पूर्वीय दर्शनमा तीज पर्वको महत्त्व र प्रारम्भको आफ्नै इतिहास छ । लक्ष्य प्राप्तिका लागि कठिन सङ्घर्ष, समर्पण र भक्तिभाव गर्न प्रेरित गर्ने तीज पर्व अहिले महिला स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणका लागि प्रेरणा दिने पर्वका रुपमा मनाउन थालिएको छ ।

परम्पराका नाममा थोपरिएका अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज पर्वलाई मनाउन आवश्यक भएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भनेका छन्, ‘तीज पर्वमा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिहरूप्रति सचेत रहँदै लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रूपमा तीज मनाउन म सबैमा अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : ०७ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी