अस्ट्रेलियाको क्रिकेट एसिटीविरुद्ध नेपाल ४१ रनले विजयी « Khabarhub

अस्ट्रेलियाको क्रिकेट एसिटीविरुद्ध नेपाल ४१ रनले विजयी


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो।

सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए। ३९ बल खेल्दा उनले ६९ रन बनाएका हुन्। कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाउँदा आरिफ शेखले १८ बलमा २४ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।

१७८ रनको चुनौती पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रन बनाएर अलआउट भयो। एसिटीका जे स्मितले नेपालविरुद्ध अर्धशतक बनाए । ३३ बलको सामना गरेका उनले ५० रन बनाएका हुन् ।

एसिटीलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले पाँच विकेट लिए । चार ओभर बलिङ गर्दा सन्दीपले ३१ रन दिँदै पाँच विकेट हात पारेका हुन् । करण केसीले दुई विकेट हात पार्दा रुपेश सिंह, कुशल भुर्तेल र गुल्सन झाले एकएक विकेट हात पारे ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो। नेपालले दुईदुई वटा टी–२० प्रतिस्पर्धा गर्नेछ।

अस्ट्रेलियामा रहेको नेपालले अभ्यासकैक्रममा अगस्ट ३० तारिखमा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ९ : २८ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत