म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना « Khabarhub

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।

नामिलाका बासिन्दालाई चिमखोला र घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो । एकाइबाट नामिला र कुइनेका करिब एक सय घरपरिवार लाभान्वित भएका स्थानीय मीना बुढाले बताइन् ।

आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । एक जना अनमी खटाएर स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको वडा सदस्य प्रेमबहादुर पुनले बताए ।

गत आर्थिक वर्षमा एकाइ परिसरमा सार्वजनिक शौचालय निर्माण भएको र यस वर्ष भवन बनाइने उनको भनाइ छ । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ ।

वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । (रासस)

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ९ : ३३ बजे

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख

बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा

काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।