जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा « Khabarhub

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। लघुवित्तले संस्थापक समूहको तीन लाख ५१ हजार ४४० कित्ता शेयर बिक्रीमा राखिएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। आवेदन दिनेले न्यूनतम ५०० रुपैयाँ प्रतिकित्ता वा त्यो भन्दा माथि मूल्य राखेर बोलकबोल प्रक्रियाबाट आवेदन दिनुपर्ने छ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीका लागि मत्र विक्रीका लागि राखिएको छ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर किन्न लघुवित्तको केन्द्रिय कार्यालय मोरङको कटहरी–२ मा आवेदन दिनुपर्ने छ।

३५ दिन भित्र आवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुल्ला गरिने छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १० : ११ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र