रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई « Khabarhub

रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

मंगलबार पूर्वराष्ट्रपतिको निजी निवास भंगालमा पुगेर झाले संवाद गरेका हुन् ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई लाइन संघर्ष चर्काउँदै लगेकी छन् ।

उता रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर थुनामा पठाएको भन्दै वर्तमान सरकारविरूद्ध आन्दोलन गरिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले यसबारेमा केही बोलेको छैन। तर दुई जनाबीच भंगालमा एक्ला-एक्लै भेटवार्ता भएको झानिकट स्रोतले जनाएको छ ।

रास्वपाले अहिले सहकारी ठगीसम्बन्धी मुद्दामा रविलाई थुनामा राखेको विषयमा देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।

पूर्वराष्ट्रपतिलाई एमालेले गत साउन ५-६ गतेको केन्द्रीय कमिटी बैठकबाट राजनीतिमा आउन रोक लगाएको छ । तर पनि उनले थापा गाउँमा सम्पर्क कार्यालय खोलेर आफूलाई अझै सक्रिय बनाएकी छन् ।

पूर्वराष्ट्रपतिले राजनीतिमा आउने संकल्पसहित सक्रियता बढाउँदै गर्दा विभिन्न दलका नेताहरूले उनीसँगको संवादलाई तीव्र बनाइरहेका छन् । यसअघि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा संसदीय दलका कार्यवाहक नेता विराजभक्त महर्जनले पनि भण्डारीसँग संवाद गरिसकेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ३४ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना