रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई « Khabarhub

रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

मंगलबार पूर्वराष्ट्रपतिको निजी निवास भंगालमा पुगेर झाले संवाद गरेका हुन् ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई लाइन संघर्ष चर्काउँदै लगेकी छन् ।

उता रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर थुनामा पठाएको भन्दै वर्तमान सरकारविरूद्ध आन्दोलन गरिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले यसबारेमा केही बोलेको छैन। तर दुई जनाबीच भंगालमा एक्ला-एक्लै भेटवार्ता भएको झानिकट स्रोतले जनाएको छ ।

रास्वपाले अहिले सहकारी ठगीसम्बन्धी मुद्दामा रविलाई थुनामा राखेको विषयमा देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।

पूर्वराष्ट्रपतिलाई एमालेले गत साउन ५-६ गतेको केन्द्रीय कमिटी बैठकबाट राजनीतिमा आउन रोक लगाएको छ । तर पनि उनले थापा गाउँमा सम्पर्क कार्यालय खोलेर आफूलाई अझै सक्रिय बनाएकी छन् ।

पूर्वराष्ट्रपतिले राजनीतिमा आउने संकल्पसहित सक्रियता बढाउँदै गर्दा विभिन्न दलका नेताहरूले उनीसँगको संवादलाई तीव्र बनाइरहेका छन् । यसअघि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा संसदीय दलका कार्यवाहक नेता विराजभक्त महर्जनले पनि भण्डारीसँग संवाद गरिसकेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ३४ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद