राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा « Khabarhub

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिको पदबाट राजीनामा दिएकी छिन् । पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेसँगै न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन् ।

सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सांसद न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएको जानकारी दिएकी छिन् ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै÷तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।’ उनले लेखेको पत्रमा उल्लेख छ ।

यसअघि सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मङ्गलबार बसेको कांग्रेसको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति बनाउने निर्णय गरेको थियो ।

सङ्घीय निजामति सेवा विधेयक, २०८० मा समितिले ‘कुलिङ पिरियड’मा गरेको सर्वसम्मत व्यवस्थामा छेडखानी भएपछि काँग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएका थिए । त्यसयता उक्त पद रिक्त छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ४१ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी