भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा « Khabarhub

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए । बिरामीले एक वर्षमा रु तीन लाखबराबरको डाइलायसिस सेवा पाउनेछन् ।

अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीले बुधवारबाट सो सेवा सुरु हुने जानकारी दिए । हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डाइलायसिस, स्पाइन इन्जुरी, हेडइन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए ।

अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ ।

सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरुले भेरी अस्पतालबाटै रु सात लाख पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख, औषधि खर्चबापत रु दुई लाख पाउने भएका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : ४७ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म