खाँदबारीमा सुक्खा पहिरो खस्दा धर्मगुरु दोर्ची लामाको घर भत्कियो « Khabarhub

खाँदबारीमा सुक्खा पहिरो खस्दा धर्मगुरु दोर्ची लामाको घर भत्कियो


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय धर्मगुरु दोर्ची लामाको घर पूर्ण रूपमा भत्किएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार आज बिहान खसेको पहिरोले जस्तापाताले छाएको दुईतले ढुङ्गामाटोको घर पूरै क्षति बनाएको हो । घटनामा मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख रूपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पीडित परिवारका अनुसार लामाको घर पहिल्यै जोखिममा थियो । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड निर्माणका क्रममा एक्स्काभेटरले ढुङ्गा फुटाउँदा जमिन चिराचिरा परेर घरमा प्रत्यक्ष असर परेको उनीहरूको आरोप छ ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाइएपछि अहिले सडक आवागमन सामान्य भएको छ । धर्मगुरुका रूपमा पुरोहित कर्मकाण्ड गर्दै आएका लामा स्थानीय बासिन्दाले संयुक्त रूपमा घर बनाई बसोबासको व्यवस्था मिलाएका व्यक्ति हुन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ३६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी