समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ : अर्थमन्त्री पौडेल « Khabarhub

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ : अर्थमन्त्री पौडेल


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन् ।

एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले विभिन्न कारणले विदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गरेका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भने, “देशको विकास र समृद्धि नै नेपालीको सुख तथा समृद्धि भएकाले सरकारले सोहीअनुसार काम गरिरहेको छ । यसमा विदेशमा रहनुभएका नेपालीको सहयोग आवश्यक छ । सरकारले लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ ।”

सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै उनले यस्ता कार्यक्रम आदानप्रदान हुन आवश्यक रहेकामा जोड दिए ।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले आमनेपालीको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विश्वका ३२ वटा देशमा रहेका नेपालीको सहभागितामा गत वर्ष थाइल्यान्डमा संस्था गठन गरिएको जानकारी दिए ।

महासचिव चुडामणि भट्टराईले एएनओ गठनको उद्देश्यबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रम सञ्चालक नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य फूलमान बलले पनि एएनओ गठनको उद्देश्यबारे जानकारी गराएका थिए । सम्मेलनमा इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले पनि आफ्ना धारणा राखेका थिए ।

सम्मेलनमा पूर्वउपरथि कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय एएनओको नेपाल च्याप्टरसमेत गठन गरिएको छ । समितिमा उपाध्यक्षमा राजेन्द्र अधिकारी, महासचिवमा फूलमान बल, सचिव कृष्णप्रसाद ओडारी तथा कोषाध्यक्षमा यमुना पराजुली अधिकारी चयन भएका छन् । साथै सदस्यमा गीता गुरुङ, डा सुशीला नेपाली, रन्जन बिडारी, कृष्ण विक, रविता तामाङ, सुनिल थापा र दीक्षा चपाई चयन भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ४८ बजे

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा