म्याग्दीमा नवौँ मुनसन कप सुरु « Khabarhub

म्याग्दीमा नवौँ मुनसन कप सुरु


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु भएको छ । रु एक लाख पुरस्कार राशिको सो प्रतियोगिता आजदेखि म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सुरु भएको हो ।

द मुनसन युवा क्लबले आयोजना गरेको पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘नाइन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ पौद्ध र महिला फुटबल खेलमा प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेलमा भएको महिला फुटसल प्रतियोगितामा आयोजकलाई शून्यका विरुद्ध एक गोल गर्दै सुर्केमेला युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । छ समूह सहभागी महिला फुटसलमा विजेतालाई रु २२ हजार २२२ र उपविजेतालाई रु ११ हजार १११ पुरस्कारको व्यवस्था गरिएको छ ।

१३ समूह सहभागी खुल्ला पुरुष फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद रु एक लाख र ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिए । अनुशासित टोलीलाई रु १० हजार, उत्कृष्ट खेलाडी, किपर, डिफेन्डर, सुटर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई रु दुईरदुई हजारका दरले पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको बेनी नगरपालिका–६ का वडाअध्यक्ष कृष्णसिंह बानियाँले उद्घाटन गरे । उनले चुत्रेनीको खेलमैदानलाई व्यवस्थित बनाउन रु चार करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्रोतको खोजी गरिरहेको र हालसम्म करिब रु ४० लाख लगानी गरेर पूर्वाधार बनाएको जानकारी दिए ।

रासस

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : ५१ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी