दशैँ प्रतिस्पर्धाले थकित स्वस्तिमा : ‘टक्सिक’ महोल भयो, एक दशैँ ब्रेक लिन मन छ « Khabarhub

दशैँ प्रतिस्पर्धाले थकित स्वस्तिमा : ‘टक्सिक’ महोल भयो, एक दशैँ ब्रेक लिन मन छ


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनीत फिल्म ‘हरिबहादुरको जुत्ता’ फूलपातीबाट प्रदर्शनमा आउँदैछ । यसले अन्य दुई फिल्म ‘बलिदान’ र ‘माइतीघर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्दैछ ।

पछिल्ला वर्ष दशैँ लक्षित गरेरै स्वस्तिमाको अभिनय रहेको फिल्म प्रदर्शनमा आएको देखिन्छ ।

उनी भन्छिन्, ‘दशैँमा प्रदर्शनमा आएको र मेरो अभिनय रहेको पहिलो फिल्म छक्का पञ्जा २ हो । त्यसयता पाँच फिल्म दशैँमा प्रदर्शनमा आयो ।’

अर्थात्, ०७४ देखि यता उनका अभिनय रहेको पाँच फिल्म दशैँमा प्रदर्शनमा आएका छन् ।

गत वर्षको घटस्थापना पारेर उनको डेब्यू निर्माण र अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो ।

त्यसबेला ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’को बक्स अफिस भिडन्तको चेपुवामा यो फिल्म परेको थियो ।
त्यहीकारण स्वस्तिमाको टिमले यो फिल्म हलबाट उतार्ने निर्णय लिएको थियो ।

अहिले मेकरहरुको नजर दशैँ रिलिज डेटमा नै छ । यसका लागि अस्वस्थ प्रतिस्पर्धा गर्नसमेत केही मेकरहरु तयार छन् । उनीहरु व्यक्तिगत रिसिइबीमा उत्रिएको पनि पाइन्छ ।

अन्ततः गत वर्ष जस्तै यो पटक पनि फूलपातीबाट तीन फिल्मले बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यही सन्दर्भ जोडेर खबरहबले स्वस्तिमालाई प्रश्न गरेको थियो, ‘यो वर्षको दशैँमा पनि तपाईंको अभिनय रहेको फिल्म आउँदैछ । दशैँ रिलिज डेटसँग कत्तिको इन्जोय गर्नुहुन्छ ?’

मेकरहरुको हानाथापले पछिल्ला केही वर्षको दशैँ रिलिज डेट ‘टक्सिक’ बनेको उनले जवाफ फर्काइन् ।

उनले थपिन्, ‘एक वर्ष चाहिँ मेरो फिल्म दशैँमा प्रदर्शन नहोस् भन्ने भएको छ । सायद अर्को वर्ष मेरो फिल्म आउँदैन कि ।’

तथापि, दर्शक नेपाली फिल्म हेर्ने मुडमा रहने भएकाले दशैँमै फिल्म प्रदर्शनमा नल्याउने उनको इच्छा होइन ।

उनी भन्छिन्, ‘हामीले दर्शकको मनसिकता त बुझ्नपर्छ । उहाँहरु दशैँमा नेपाली फिल्म नै हेर्न रुचाउनुहुन्छ । यसरी पर्खिरहने दर्शकलाई फिल्म दिन त मन भइहाल्छ ।’

स्वस्तिमाले यो पटक नै ‘हरिबहादुरको जुत्ता’लाई दशैँबाहेकको अन्य मितिमा प्रदर्शनमा ल्याउन गरी टिमसँग सल्लाह राखेकी रहेछिन् ।

उनले फिल्मका लेखक तथा कलाकार हरिवंश आचार्यलाई समेत प्रदर्शन मिति हेरफेर गर्न सल्लाह गरेको पाइयो ।

हरिवंश भन्छन्, ‘स्वस्तिमाजीले दशैँमा नै यो फिल्म प्रदर्शनमा नल्याउने हो कि भन्ने कुरा राख्नुभएको थियो । दशैँमा नै भिड्न आयो भने जस्तो पनि हुन्छ, पछि नै प्रदर्शनमा ल्याउनुपर्छ पनि भन्नुभएको थियो ।’

तर, टिमले दशैँमा नै फिल्म प्रदर्शनमा ल्याउने निर्णय गरेको उनले सुनाए ।

उनी भन्छन्, ‘म टिमको सबैभन्दा बढी उमेरको मान्छे । लेखक र कलाकार पनि मै हो । तर, मैले भनेको सबै कुरा टिमले नमान्न पनि सक्छ । प्रदर्शन मितिमा पनि टिमले नै एउटा निर्णय लिएको हो ।’

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ०३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००