पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो « Khabarhub

जेन-जी आन्दोलन

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको जेन-जी आन्दोलनलाई सरकारले योजनाबद्ध रूपमा दमन गरेको दाबी गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा शर्माले जेन-जीको सम्भावित आन्दोलनबारे सरकारलाई सूचना भए पनि लापरबाही गरेर बसेको बताएका छन् ।

‘भदौ २३ र २४ गते हुने घटनाबारे सरकारसँग पूर्ण जानकारी थियो, तर संसद् भवनअगाडि लगेर एम्बुस थापेर विद्यार्थीमाथि गोली प्रहार गरियो’, उनले भने, ‘माइती घरमा जम्मा भएका ५/७ सय मान्छेलाई प्रहरीले स्कर्टिङ गर्दै लगेको छ। जहाँसम्म लगिएको छ, त्यहाँबाट फर्काउने हो । बानेश्वरको निषेधित क्षेत्रबाट छोडिदिएर संसद् भवन अगाडि एम्बुसमा पारेर आमहत्या गरिएको छ। हामीले कयौँ आन्दोलन देखेका छौँ । एमसीसीको आन्दोलन हुँदा छेक्न सक्ने तर अहिले छेक्न नसक्ने हुँदैन ।’

शर्माले प्रहरी र सशस्त्र प्रहरीलाई राजनीतिकरण गरिएको र सुरक्षानिकायले राष्ट्रिय संरचना जोगाउन नसकेको आरोप लगाए। उनले यो आन्दोलनमा केवल युवा पुस्तामात्रै नभई दलभित्र असन्तुष्ट समूहहरू पनि संलग्न भएका बताएका छन् ।

उनले राष्ट्रिय अनुसन्धान विभागमाथि योजनाबद्ध प्रहार भएको बताउँदै विदेशी हस्तक्षेप कम गर्न नसकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

‘जेन-जीको आन्दोलनमा डोरीसमेत नटाँगेर सिधै संसद् भवनमा लगेर एम्बुसमा पार्ने काम भयो । सुरक्षानिकायले राष्ट्रिय संरचना जोगाउन सकेन । यो कसरी हुन गयो । यो जेन-जीन पुस्ताको मात्रै आन्दोलन थिएन । हरेक पार्टीभित्र पनि अन्यायमा परेका र असन्तुष्ट छन्’, उनले भने, ‘उनीहरू अनुकूल मौकाको खोजीमा थिए । संसद्मा भएका दलहरूले राजीनामा गरेर समर्थन गरे । काठमाडौंका मेयरले पनि समर्थन गरे । उनीहरूले हरेक मन्त्री नेता र प्रशासकको घर पत्ता लगाएर योजनावद्ध रुपमा आक्रमण गरेका छन् ।’

उनले इन्टेलिजेन्सलाई सबैभन्दा धेरै प्रहार गरिँदा प्यारालाइज भएको बताए । ‘अहिले हस्तक्षेप र चलखेल भनिन्छ । तर सबैभन्दा राष्ट्रिय अनुन्धानलाई प्रहार गरियो’, उनले भने, ‘वैदेशिक हस्तक्षेपलाई कम गर्न सकिएन । इन्टेलिजेन्सलाई प्यारालाइज गरियो ।

उनले जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई पनि राजनीतिकरण गरेर बर्बाद गरिएको बताए । ‘पार्टी सत्तामा आउँदा सरकारी संस्था कब्जा गर्ने चलन बढ्यो । हामी आफूले निर्मम समीक्षा गर्न सके सूचना त्यहीँ छन्’, उनले भने, ‘मैले डेढ २ महिनाअघि अहिलेको संसद्ले डेलिभरी दिन सकेन कसरी जाने भनेको थिएँ । त्यबसेला २५ देखि ३५ वर्षका युवासहितको संसद् चाहिन्छ भनेको थिएँ ।’

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : ०७ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको