पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो « Khabarhub

जेन-जी आन्दोलन

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको जेन-जी आन्दोलनलाई सरकारले योजनाबद्ध रूपमा दमन गरेको दाबी गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा शर्माले जेन-जीको सम्भावित आन्दोलनबारे सरकारलाई सूचना भए पनि लापरबाही गरेर बसेको बताएका छन् ।

‘भदौ २३ र २४ गते हुने घटनाबारे सरकारसँग पूर्ण जानकारी थियो, तर संसद् भवनअगाडि लगेर एम्बुस थापेर विद्यार्थीमाथि गोली प्रहार गरियो’, उनले भने, ‘माइती घरमा जम्मा भएका ५/७ सय मान्छेलाई प्रहरीले स्कर्टिङ गर्दै लगेको छ। जहाँसम्म लगिएको छ, त्यहाँबाट फर्काउने हो । बानेश्वरको निषेधित क्षेत्रबाट छोडिदिएर संसद् भवन अगाडि एम्बुसमा पारेर आमहत्या गरिएको छ। हामीले कयौँ आन्दोलन देखेका छौँ । एमसीसीको आन्दोलन हुँदा छेक्न सक्ने तर अहिले छेक्न नसक्ने हुँदैन ।’

शर्माले प्रहरी र सशस्त्र प्रहरीलाई राजनीतिकरण गरिएको र सुरक्षानिकायले राष्ट्रिय संरचना जोगाउन नसकेको आरोप लगाए। उनले यो आन्दोलनमा केवल युवा पुस्तामात्रै नभई दलभित्र असन्तुष्ट समूहहरू पनि संलग्न भएका बताएका छन् ।

उनले राष्ट्रिय अनुसन्धान विभागमाथि योजनाबद्ध प्रहार भएको बताउँदै विदेशी हस्तक्षेप कम गर्न नसकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

‘जेन-जीको आन्दोलनमा डोरीसमेत नटाँगेर सिधै संसद् भवनमा लगेर एम्बुसमा पार्ने काम भयो । सुरक्षानिकायले राष्ट्रिय संरचना जोगाउन सकेन । यो कसरी हुन गयो । यो जेन-जीन पुस्ताको मात्रै आन्दोलन थिएन । हरेक पार्टीभित्र पनि अन्यायमा परेका र असन्तुष्ट छन्’, उनले भने, ‘उनीहरू अनुकूल मौकाको खोजीमा थिए । संसद्मा भएका दलहरूले राजीनामा गरेर समर्थन गरे । काठमाडौंका मेयरले पनि समर्थन गरे । उनीहरूले हरेक मन्त्री नेता र प्रशासकको घर पत्ता लगाएर योजनावद्ध रुपमा आक्रमण गरेका छन् ।’

उनले इन्टेलिजेन्सलाई सबैभन्दा धेरै प्रहार गरिँदा प्यारालाइज भएको बताए । ‘अहिले हस्तक्षेप र चलखेल भनिन्छ । तर सबैभन्दा राष्ट्रिय अनुन्धानलाई प्रहार गरियो’, उनले भने, ‘वैदेशिक हस्तक्षेपलाई कम गर्न सकिएन । इन्टेलिजेन्सलाई प्यारालाइज गरियो ।

उनले जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई पनि राजनीतिकरण गरेर बर्बाद गरिएको बताए । ‘पार्टी सत्तामा आउँदा सरकारी संस्था कब्जा गर्ने चलन बढ्यो । हामी आफूले निर्मम समीक्षा गर्न सके सूचना त्यहीँ छन्’, उनले भने, ‘मैले डेढ २ महिनाअघि अहिलेको संसद्ले डेलिभरी दिन सकेन कसरी जाने भनेको थिएँ । त्यबसेला २५ देखि ३५ वर्षका युवासहितको संसद् चाहिन्छ भनेको थिएँ ।’

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : ०७ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)