काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने « Khabarhub

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको काज सरुवा सम्बन्धी स्पष्टीकरण सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले २०८२ असोज ६ गते गरेको निर्णय अनुसार प्रदेश र स्थानीय तह स्तरीय स्वीकृत दरबन्दीबाहेकका शैक्षिक संस्थामा कार्यरत शिक्षकलाई काज सरुवाको व्यवस्था गर्न नमिल्ने स्पष्टीकरणमा उल्लेख छ ।

केन्द्रले जारी गरेको निर्देशानुसार, विद्यालयस्तरका दरबन्दीमा कार्यरत शिक्षकलाई मात्र काज सरुवाको व्यवस्था गर्न सकिनेछ । सो बाहेक अन्य कुनै किसिमको काज सरुवा प्रक्रिया अघि बढाउन नहुने स्पष्ट गरिएको छ ।

केन्द्रका निर्देशक भेषराज गौतमद्वारा हस्ताक्षरित उक्त पत्रमा मन्त्रालयले प्रावधानअनुरूप मात्र सरुवा प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ०६ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।