विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु « Khabarhub

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ ।

यस घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ ।

रूसमा सस्तो मूल्यमा पाइने घरेलु र अस्वीकृत मदिरा सेवनका कारण यस प्रकारका घटनाहरू समय समयमा दोहोरिइरहेका छन् । विशेषगरी ग्रामीण र आर्थिक रूपमा कमजोर क्षेत्रहरूमा कानुनी मदिरा किन्न सक्ने स्थिति नहुने कारणले मानिसहरू विकल्पको रूपमा यस्ता पदार्थ सेवन गर्न बाध्य हुने गरेका छन् ।

यसअघि सन् २०२३ मा नक्कली साइडर सेवनबाट ५० जनाको मृत्यु भएको थियो भने, सन् २०१६ मा साइबेरियाको इरकुत्स्कमा मिथेनोल मिसिएको ‘बाथ ऑयल’ सेवनबाट ६० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

यस्ता घटनाहरूलाई ध्यानमा राख्दै सरकारद्वारा सम्बन्धित कानुन कडा पारिएको भए पनि विषाक्त र अवैध मदिराको पहुँच अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन, जुन सार्वजनिक स्वास्थ्यका लागि चिन्ताजनक विषय बनेको छ । रासस
 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : २४ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने