दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा « Khabarhub

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथा प्रसूति सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो । “नगर क्षेत्रमा अस्पताल नभएकाले आकस्मिक अवस्थामा स्वास्थ्यचौकीमै भर पर्नुपर्ने बाध्यता छ, त्यसैले दसैँ बिदामा पनि चौकीमा २४सै घण्टा सेवा निरन्तर गर्ने निर्णय गरेका हौँ”, नगरप्रमुख ओझाले भने ।

सरकारी कार्यालयहरू चाडपर्वमा बन्द भए पनि स्वास्थ्य सेवा भने निरन्तर रूपमा सञ्चालन गरिएको उनले बताए। स्वास्थ्यचौकीका इन्चार्ज वंशीराज भट्टका अनुसार आकस्मिक उपचार र प्रसूति सेवाका लागि आवश्यक स्वास्थ्यकर्मीको ड्युटी तालिका मिलाइसकिएको छ ।

उनले भने, “गत वर्ष पनि दसैँमा चौकीको सेवा खुला राखिएको थियो, यसपटक पनि निरन्तरता दिँदैछौँ ।”

नगरपालिकाले यस्तो व्यवस्था गरेपछि दसैँको समयमा हुने दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूति हुने महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ । उपचारका लागि नगरवासीलाई अब टाढा महेन्द्रनगर, अत्तरिया वा धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

कृष्णपुर नगरपालिकाले विसं २०७९ असार १ गतेदेखि स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । चाडपर्वका बेला पनि स्वास्थ्यचौकीका सेवालाई निरन्तरता दिने कार्यबाट स्थानीय बासिन्दाले सन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : २५ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम